Categories समाचार

क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

Advertisement

पर्सा । ठाकुर राम बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख रञ्जित प्रसाद यादव ‘हराएको’ भन्दै स्ववियुले विरोध प्रदर्शन गरेको छ। स्ववियु सभापति राजकुमार यादवको नेतृत्वमा गरिएको विरोधमा विद्यार्थीहरूले सूचना नै प्रकाशित गर्दै “क्याम्पस चिफ हराएको” भन्ने व्यङ्ग्यात्मक शैलीमा विरोध जनाएका हुन्।

सूचनामा लेखिएको छ — “क्याम्पस चिफ रञ्जित प्रसाद यादव हराउनु भएको छ। खोजीकर्तालाई ५१ रुपैयाँ इनाम दिइनेछ। सम्पर्क नं. ९८४५०३६७६०”।

Advertisement

स्ववियु सदस्य अमित पटेलका अनुसार क्याम्पसमा खानेपानीको चरम अभाव छ। क्याम्पसभित्रका सबै धारा सुकिसकेका कारण विद्यार्थीहरू मात्र होइन, होस्टलमा बस्ने विद्यार्थी र कर्मचारी समेत सास्ती खेपिरहेका छन्। बारम्बार ध्यानाकर्षण गराउँदा पनि न क्याम्पस चिफले ध्यान दिएका छन्, न त सम्बन्धित निकायले।

Advertisement

यही असार ३० गतेदेखि सुरु हुने बिबिएस फस्ट इयरको परीक्षाका लागि धेरै विद्यार्थीको रजिस्ट्रेशन नम्बर अझै नआएको र केहीको आएकोमा गम्भीर त्रुटि देखिएको छ। विद्यार्थीहरू यस्तो व्यवस्थापकीय त्रुटिबाट मानसिक तनावमा परेका छन्।

तर, यस्तो संवेदनशील समयमा परीक्षाको तयारी व्यवस्थापन गर्नु पर्ने जिम्मेवार व्यक्ति — परीक्षा प्रमुख समेत सम्पर्कविहीन छन्। विद्यार्थीहरूले क्याम्पस चिफ मात्र होइन, परीक्षा प्रमुखसमेत आफ्नो जिम्मेवारीबाट भागिरहेको आरोप लगाएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *