Categories अन्तर्राष्ट्रिय

भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

Advertisement

काठमाडौँ । बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ५ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

Advertisement

भूकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् । भूकम्प गएको समय छोटो भए पनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ ।

Advertisement

यद्यपि, हाल सम्म कुनै पनि मानवीय हताहत वा क्षति भएको खबरहरू भने आएका छैनन् । तर त्यहाँको स्थानीय सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *