बारा । ब्राइट +२ कलेजका व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूले बारा जिल्लाको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयमा शैक्षिक भ्रमण सम्पन्न गरेका छन्।
शैक्षिक भ्रमणको मुख्य उद्देश्य कृषि व्यवस्थापन, अनुसन्धान संस्था सञ्चालन प्रक्रिया, परियोजना व्यवस्थापन, तथा सरकारी निकायसँग सम्बन्धित कार्यशैलीको प्रत्यक्ष अवलोकन गर्नु रहेको थियो।
भ्रमणका क्रममा विद्यार्थीहरूले निर्देशनालयको संरचना, कार्यशैली, मानव संसाधन व्यवस्थापन, लगानी रणनीति तथा अनुसन्धान केन्द्रको सञ्चालन बारे विस्तृत जानकारी प्राप्त गरे।
यस भ्रमणले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान, सीप र वास्तविक कार्यस्थलको अनुभव प्राप्त गर्न सहयोग पुर्याएको ब्राइट कलेजका अखिल पटेलले जानकारी दिए।
कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरका सम्पूर्ण टोलीप्रति विद्यार्थीहरूले आभार प्रकट गरेका छन्।
निर्देशनालयले समय दिई मार्गदर्शन गरी शैक्षिक भ्रमणलाई प्रभावकारी बनाएकोमा कलेज परिवारले समेत धन्यवाद व्यक्त गरेको छ।






