Categories समाचार

बीपीएस +२ कलेजमा गुरुपूर्णिमा विशेष समारोह सम्पन्न

Advertisement

वीरगञ्ज । बीपीएस +२ कलेजमा गुरुपूर्णिमाको अवसरमा आयोजित विशेष समारोह भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिँदै शिक्षकहरूप्रति सम्मान, कृतज्ञता र प्रेम प्रकट गरेका थिए।

Advertisement

शैक्षिक निर्देशक दीपक पटेलले समारोहलाई सम्बोधन गर्दै भने, “शिक्षक भनेको केवल पठनपाठन गराउने व्यक्ति मात्र होइनन्, उनीहरू भविष्य निर्माण गर्ने मार्गनिर्देशक हुन्। यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीमा कृतज्ञता, संस्कार र अनुशासनको भावना विकास गराउँछ।”

Advertisement

उनले विद्यार्थीहरूको प्रस्तुतिलाई निकै प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमले विद्यार्थीको समग्र विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यस्तै, एचआर डाइरेक्टर सन्दीप कुशवाहाले विद्यार्थीको प्रतिभा र आयोजकीय क्षमताको प्रशंसा गर्दै भने, “हाम्रो कलेजले सधैँ व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको छ। आजको कार्यक्रमले विद्यार्थीमा नेतृत्व, समन्वय र सृजनात्मकता विकास भएको देखिन्छ, जुन अत्यन्त सकारात्मक संकेत हो।”

उहाँले शिक्षक–विद्यार्थी सम्बन्धलाई अझ प्रगाढ बनाउने खालका कार्यक्रमहरूलाई संस्थागत रूपमा निरन्तरता दिइने जानकारी पनि दिए।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, कविता वाचन, नाटक तथा गीत प्रस्तुत गर्दै गुरुपूर्णिमा दिवसलाई भावनात्मक र स्मरणीय बनाएका थिए।

कार्यक्रमको समापनमा कलेज प्रशासनले शिक्षक समुदायलाई सम्मान गर्दै शिक्षालाई मूल्य, संस्कार र प्रेरणाको मुख्य आधारका रूपमा लिने प्रतिबद्धता व्यक्त गर्‍यो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *