Categories समाचार

सुनचाँदी व्यवसायी र कालिगढहरुको काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन, पर्साबाट उल्लेख्य सहभागिता

Advertisement

काठमाडौं । सरकारले सुनचाँदीलगायत विलासिता सामाग्रीमा थप गरेको भ्याट र विलासिता करको विरोधमा देशभरका सुनचाँदी व्यवसायी र कालिगढहरु बिहीबार काठमाडौंको सडकमा उत्रिएका छन्। यस आन्दोलनमा पर्सा जिल्लाबाट समेत उल्लेख्य सहभागिता रहेको छ।

पर्साका व्यवसायी, कालिगढ तथा सरोकारवालाहरुको टोली संघको आह्वानमा आन्दोलनमा सहभागी हुन काठमाडौं पुगेको थियो। पर्साबाट सहभागिता जनाउने व्यवसायीमध्येका हरिओम सर्राफले “यो आन्दोलन केवल व्यवसायीको लागि नभई सर्वसाधारण जनताको हितमा गरिएको हो,” भन्दै सबै उपभोक्ताको तर्फबाट सरकारलाई चेतावनी स्वरूप प्रदर्शन गरिएको बताए।

Advertisement

संघले सबै जिल्लाबाट व्यवसायी तथा कालिगढहरुलाई काठमाडौंमा अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरेको थियो। उक्त आह्वानअनुसार हजारौंको संख्यामा सहभागी भएका आन्दोलनकारीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म जुलुससहित नारा प्रदर्शन गरेका थिए।

Advertisement

प्रदर्शनमा ‘जनताको अधिकार खोस्न पाइँदैन’, ‘अत्याधिक कर खारेज गर’, ‘कालिगढको श्रमको मूल्य दे’ लगायतका नारा लगाइएको थियो ।

उनीहरुले सरकारले हालै ल्याएको बजेटमा सुनचाँदी उद्योगप्रति देखाएको दृष्टिकोण जनविरोधी र व्यवसायी मार्ने खालको भएको बताएका छन्। उनीहरुले बजेटमार्फत सुनचाँदीमा थपिएको भ्याट र विलासिता कर खारेज नगरेसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन्।

संघका पदाधिकारीहरुले सरकारसँग तत्काल वार्ता गरेर उद्योग अनुकूल नीति ल्याउन आग्रह गरेका छन्। व्यवसायीहरुले आ–आफ्नो जिल्लामा पनि विरोधका कार्यक्रमहरु क्रमशः जारी राख्ने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *