Categories समाचार

वीरगञ्जमा भानुभक्त जयन्तीको अवसरमा माल्यार्पण कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा नारायणी वाङ्मय प्रतिष्ठान वीरगञ्जद्वारा आयोजना गरिएको विशेष कार्यक्रमको प्रारम्भ आज बिहान वीरगञ्ज बसपार्कस्थित भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्दै गरिएको छ।

शालिकमा माल्यार्पण गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रतिष्ठानका पदाधिकारी, साहित्यप्रेमी, विद्यार्थी तथा नगरवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

प्रमुख अतिथि मेयर सिंहले कार्यक्रममा भने, “भानुभक्त आचार्यले नेपाली भाषामा रामायण लेखेर जनताको मनमा भाषा र साहित्यको चेतना भरेका थिए। यस्ता विभूतिको योगदान सम्झनु हाम्रो कर्तव्य हो। महानगरपालिका यस्ता कार्यक्रमको सधैं समर्थन र सहकार्य गर्न तयार छ।”

Advertisement

कार्यक्रम अन्तर्गत दिउँसो वीरगञ्ज पब्लिक कलेज परिसरमा वाङ्मय सम्मान, पुरस्कार वितरण तथा कवि गोष्ठी आयोजना गरिने आयोजक नारायणी वाङ्मय प्रतिष्ठानले जनाएको छ।

साहित्यिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रमलाई सफल बनाउने तयारी पूरा भएको आयोजक संस्थाले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *