Categories समाचार

वीरगञ्जमा पानी संकट चुलिँदा पनि पूर्वमेयर सरावगी संगठन सुदृढीकरणमा व्यस्त

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा पानीको चरम अभाव कायम रहेको बेला जनप्रतिनिधिहरूले समस्या समाधानको सट्टा राजनीति प्राथमिकतामा राखेको भन्दै स्थानीयवासीमा चर्को असन्तुष्टि चुलिएको छ।

नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको संगठन सुदृढीकरण अभियान अन्तर्गत सोमबार वार्ड नम्बर २४ मा आयोजित भेलाबाट चन्द्रिका प्रसाद गिरिको अध्यक्षतामा २१ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ।

Advertisement

पूर्वमेयर विजय कुमार सरावगीको सक्रिय सहभागितामा भएको उक्त भेलाले राजनीतिक गतिविधिलाई तीव्र बनाएको देखिन्छ।

Advertisement

तर, स्थानीयहरू भने पानीको संकट समाधान नगरी यस्तो राजनीतिक गतिविधिमा प्रतिनिधिहरू व्यस्त भएकोप्रति आक्रोशित छन्।

अन्य वडामा वडाध्यक्षहरू पानीको समस्या समाधानमा अग्रसर देखिँदा वडा नं. २४ का वडाध्यक्ष समेत सोही कमिटी गठनको कार्यक्रममा व्यस्त रहनु चिन्ताको विषय बनेको छ।

“हामीले राहत मागेका थियौं, प्रतिनिधिहरूले राजनीति सुनाए,” एक स्थानीय बासिन्दाले गुनासो गरे। पानी नपाएर दैनिक जीवन कष्टकर बनेको अवस्थामा जनप्रतिनिधिहरूको यस्तो रवैया आपत्तिजनक भएको स्थानीयको भनाइ छ।

आपतकालीन अवस्था झैँ देखिएको यो संकटका घडीमा नागरिकलाई सहयोग गर्नुको सट्टा दलगत काममा लागिएको भन्दै उनीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *