Categories समाचार

हर्ट्स अफ वीरगंजद्वारा श्रावणको पहिलो सोमबार निःशुल्क पानी वितरण

वीरगंज । सामाजिक उत्तरदायित्वअन्तर्गत ‘हर्ट्स अफ वीरगंज’ संस्थाले श्रावण महिनाको पहिलो सोमबार विभिन्न धार्मिक स्थलहरूमा निःशुल्क पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

धार्मिक स्थलहरूमा दर्शनार्थ आउने भक्तजनको सहजताका लागि अलखिया मठ र पशुपतिनाथ चिनी मिल परिसरमा स्वच्छ पिउने पानी वितरण गरिएको संस्थाले जानकारी दिएको छ।

Advertisement

संस्थाका अध्यक्ष दीपक सर्राफले श्रावण महिनाभर यस्ता सेवा तथा सामाजिक कार्यलाई निरन्तरता दिने योजना रहेको जानकारी दिएका छन्।

Advertisement

कार्यक्रममा संस्थाका कोषाध्यक्ष रोहित साहसहित अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी सदस्यहरूमा भिम शाह, आशिष बर्णवाल, सुरज शाह, रवि गुप्ता, दिपेश यादव, रोहित पटेल र सागर शाह रहेका थिए।

स्थानीयस्तरमा सामाजिक सेवाका गतिविधिमा सक्रिय हर्ट्स अफ वीरगंजले यसअघि पनि विभिन्न जनकल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *