वीरगञ्ज । “एक घर, एक रक्तदाता” अभियानअन्तर्गत आज श्री सेस्मी इन्टरनेशनल स्कुल, वीरगञ्जका करिब १ हजार विद्यार्थीहरूलाई रक्तदानसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ।
अभियानकर्ताहरूले बालबालिकालाई अभिभावकहरूलाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिएका हुन्।
प्रशिक्षणपछि प्रशिक्षार्थीहरुले रक्तदानको महत्वसम्बन्धी पर्चा तथा पम्पलेट घर–घरमा सन्देश पुर्याउने उदेश्यका साथ बालबालिकालाईहरुलाई वितरण गरेका थिए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे, सामाजिक अभियन्ता राजन श्रीवास्तव, विक्की सर्राफ, किशन सर्राफ लगायतको उपस्थिति रहेको थियो। उनीहरू सबैले बालबालिकामार्फत समाजमा रक्तदानको चेतना विस्तार गर्ने अभियानको खुलेर प्रशंसा गरे।
पछिल्लो समय वीरगञ्जमा रगतको अभावका कारण बिरामीहरूले ज्यान बचाउन कठिनाइ भोगिरहेको सन्दर्भमा यो अभियानलाई अत्यन्तै सकारात्मक पहलको रूपमा लिइएको छ।
कार्यक्रम आयोजकका अनुसार, यो अभियान अन्य विद्यालयहरूमा पनि विस्तार गरिँदै जानेछ, जसले दीर्घकालीन रक्तसंकट समाधानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।







Good work
9809140003