Categories समाचार

नारायणी अस्पतालमा पुनः स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सञ्चालन

वीरगञ्ज । स्वास्थ्य बीमा बोर्ड, बबरमहल काठमाडौँले नारायणी अस्पताल, पर्सालाई आगामी असोज मसान्तसम्मका लागि प्रथम सेवा विन्दु तथा रिफरल केन्द्र दुवैका रूपमा सेवा प्रदान गर्न स्वीकृति दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस अनुसार हालसम्म बीमित नागरिकलाई प्रत्यक्ष सेवा दिन नसकिएको अवस्था सुधार गर्दै, बीमितको सहज सेवाप्राप्तिलाई सुनिश्चित गर्न उक्त निर्णय गरिएको स्वास्थ्य बीमा बोर्डको पत्रमा उल्लेख गरिएको छ।

Advertisement

यसअघि नारायणी अस्पतालबाट प्रथम सेवा विन्दु हटाइएपछि सेवाग्राहीहरू मर्कामा परिरहेका थिए। प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, “सेवा विन्दु नहुँदा दैनिक धेरै बीमित नागरिक अन्योलमा परेका थिए। अब पुनः सुरु भएपछि सेवामा सहजता आउने विश्वास लिएको छु।”

Advertisement

स्वास्थ्य बीमा बोर्डले संघीय, विशिष्टीकृत तथा प्रतिष्ठानस्तरीय अस्पतालहरूमा सामान्यतः रिफरल केन्द्र मात्र तोक्ने नीति लिए पनि नारायणी अस्पतालको क्षेत्रीय महत्त्व र सेवा भारलाई दृष्टिगत गर्दै विशेष निर्णय लिएको जनाइएको छ।

यससँगै मधेश प्रदेश तथा जिल्ला सम्पर्क कार्यालयहरूलाई सहजीकरणका लागि निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *