Categories समाचार

छात्रालाई अनुचित सन्देश पठाएपछि शिक्षक साह बर्खास्त

Advertisement

रौतहट l छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा माध्यमिक विद्यालय गरुडाका शिक्षक रवीन्द्र प्रसाद साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले साहलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको हो । 

Advertisement

विद्यालयका पूर्वअध्यक्ष राजकुमार दासले यसअघि पनि साहले पटक पटक छात्रालाई दुव्र्यवहार गरेको र सामाजिक दण्ड भोगेका पनि कानुनी कारबाही नहुँदा यो व्यवहार दोहोरिएको आरोप छ । 

Advertisement

एक १६ वर्षीय छात्रालाई गत आइतबार ९असार २९० उनले ‘ह्यापी बर्थडे मेरी जान’ भन्दै सन्देश पठाएपछि विवाद उत्पन्न भएको थियो ।  आक्रोशित समुहले कुटपिट र तोडफोडमा उत्रिएपछी प्रहरीले अनुसन्धानका लागी  साहलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *