Categories समाचार

बाल सुधार गृहका चौकीदारद्वारा कैदीसँग ठगी, आपराधिक लाभ लिएको अभियोगमा पक्राउ

Advertisement

वीरगञ्ज । बाल सुधार गृह, पर्सामा कार्यरत चौकीदार प्रमानन्द गुप्ता ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा पक्राउ परेका छन्।

प्रहरी नायब उपरीक्षक तथा कार्यालयका प्रवक्ता किशोर लम्सालका अनुसार सिराहा जिल्ला, लाहान नगरपालिका–३ निवासी २४ वर्षीय गुप्ता बाल सुधार गृहमा चौकीदारका रूपमा कार्यरत रहँदा विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद सजाय पाएका १० जना बाल कैदीहरूसँग दबाब र प्रभावमा पारेर नगद तथा ईसेवा मार्फत कुल रू.दश लाख पन्ध्र हजार तीन सय सत्तरी असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

Advertisement

गुप्ता कैद अवधि समाप्त भई सुधार गृहबाट रिहा हुने जानकारी पाएपछि पीडित बाल कैदीहरूले सुधार गृह प्रशासन र प्रहरी समक्ष लिखित जाहेरी दिएका थिए।

Advertisement

उक्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाई गुप्तालाई नियन्त्रणमा लिइ तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले जानकारी दिए।

गुप्ताविरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *