Categories समाचार

बीरगञ्जमा चित्रांश परिवारद्वारा ५ लाख ५ हजारको अक्षयकोष स्थापना

Advertisement

बीरगञ्ज । आर्थिक रूपमा कमजोर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा गम्भीर बिरामीलाई उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले चित्रांश परिवारले चित्रगुप्त समिति बीरगञ्जलाई ५ लाख ५ हजार रुपैयाँको अक्षयकोष प्रदान गरेका छन्।

स्वर्गीय सूर्य मोहनलालको चिरस्मृतिमा बीरगञ्ज महानगरपालिका–३ का सुशील कुमार लाल, गगन मोहन लाल, अजित मोहन लाल र खड्ग मोहन लालले उक्त अक्षयकोषका लागि सहयोग गरेका हुन्। केही वर्षअघि एक सडक दुर्घटनामा सूर्य मोहनलालको निधन भएको थियो।

Advertisement

बुधबार दातृ परिवारको तर्फबाट गगन मोहनलालले चित्रगुप्त समिति बीरगञ्जका अध्यक्ष महेश दासलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। बाँकी ५ हजार रुपैयाँ नगद सहयोग गरिएको हो।

Advertisement

स्व. सूर्य मोहनलालका भतिजा मनिष सुमनले अविवाहित काकाको अंशको रकम सामाजिक कार्यमा उपयोग होस् भन्ने हेतुले चिरस्मरणस्वरूप अक्षयकोषमार्फत छात्रवृत्ति तथा उपचार सहयोग प्रदान गरिने जानकारी दिए।

चित्रगुप्त समितिका अध्यक्ष दासका अनुसार उक्त अक्षयकोषबाट प्रत्येक वर्ष आर्थिक रूपमा विपन्न तर मेधावी विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ भने अति आवश्यक अवस्थामा बिरामीलाई औषधोपचारमा समेत आर्थिक सहयोग गरिनेछ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *