Categories समाचार

वीरगन्ज वडा नं. १६ मा रातिदेखि विद्युत् अवरुद्ध, गर्मी र पानीले हैरान स्थानीय : खाना समेत पाक्न सकेन

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का बासिन्दा रातिदेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा परेका छन् । हिजो राति १० बजेदेखि काटिएको लाइन बिहीबार बिहान १० बजेसम्म पनि नआउँदा स्थानीय आक्रोशित बनेका छन् ।

स्थानीयवासी प्रमोद चौरसियाका अनुसार रातिदेखि पटक–पटक नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका कार्यालय र जिम्मेवार पदाधिकारीहरूलाई फोन गरिए पनि फोन नउठेको, कतिपय अवस्थामा फोन नै नलागेको गुनासो छ ।

Advertisement

विद्युत् सेवा अवरुद्ध भएपछि अत्यधिक गर्मीमा रात बिताउनु परेको भन्दै स्थानीयले राहतको सास फेर्न नपाएको बताएका छन् । लाइन नहुँदा मोटर नचल्ने, बोरिङमार्फत पानी तान्न नसकिँदा बिहानैदेखि खाना पकाउने समेत समस्या भएको छ ।

Advertisement

“गर्मी र पानी दुवैको समस्या छ, बालबालिका, वृद्धबृद्धा र बिरामी सबै हैरान छन्, तर प्राधिकरण बेखबर छ,” चौरसियाले गुनासो गरे ।

स्थानीयले नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रको गैरजिम्मेवार रवैयाप्रति तत्काल ध्यान दिन आग्रह गर्दै विद्युत सेवा नियमित गर्न माग गरेका छन् ।

यस विषयमा जानकारी लिन खोज्दा कार्यालय प्रमुखसहित जिम्मेवार व्यक्तिहरूको फोन पटक–पटक गर्दा पनि उठेको छैन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *