Categories अन्तर्राष्ट्रिय

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत थप भन्सार महसुल लगाउने निर्णय गरेका छन्। यो नयाँ महसुल यसअघि लागु भइसकेको २५ प्रतिशतसँग जोडिएर कुल ५० प्रतिशत पुग्नेछ।

यो निर्णय कार्यान्वयनमा आउन २१ दिन लाग्ने बताइएको छ। ट्रम्प प्रशासनले भारतले अझै पनि रूसी तेल आयात गरिरहेको भन्दै यो निर्णय गरेको हो।

Advertisement

यसअघि जुलाई ३१ मा नै उनले २५ प्रतिशत महसुलको घोषणा गरेका थिए। नयाँ निर्णयसँगै भारतबाट अमेरिका जाने आयातमा कुल ५० प्रतिशत भन्सार महसुल लाग्नेछ। ‘रुसको तेल किनिरहेको भारतबाट हुने आयातमा थप महसुल लगाउन आवश्यक र उचित ठान्दछु,’ ट्रम्पले कार्यकारी आदेशमा भनेका छन्।

Advertisement

यसको जवाफमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै उक्त कदमलाई “अनुचित, अकारण र तर्कहीन” भनेको छ । अमेरिका र युरोप आफैंले पनि रूससँग ठूलो परिमाणमा व्यापार गरिरहेका छन्, तर भारतलाई मात्र निशाना बनाइएको भारतले आरोप लगाएको छ । उता, चीन, युरोप र अमेरिका आफैंले पनि रूसबाट अरबौं डलरको तेल र अन्य सामाग्री किनिरहेका छन्, तर उनीहरूमाथि कुनै कारवाही गरिएको छैन।

ट्रम्पको यो निर्णय उनका विशेष दूत स्टीव विटकॉफ़ले पुटिनसँग भेट गरेपछि आएको हो। विश्लेषकहरूका अनुसार यसले भारत-अमेरिका व्यापारिक सम्बन्धमा थप तनाव ल्याउने जोखिम बढेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *