वीरगञ्ज । डेसिमल कलेज, वीरगञ्जले रक्तको अभावलाई मध्यनजर गर्दै साउन सोमबार बिहान आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ।
“One pint can save three lives” र “Give blood, give hope” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम कलेजको बीबीए ब्लक, पानीटंकीमा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशोर पटेल रहेका थिए भने अध्यक्षता कलेजका संस्थापक अध्यक्ष सन्नी दुबेले गरेका थिए। रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी, वीरगञ्जले प्राविधिक सहयोग प्रदान गरेको थियो।
रक्त संकलन कार्य रक्तसञ्चार केन्द्र, वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा गरिएको थियो। सो कार्यक्रममा ७ महिला सहित ३८ जनाले रक्तदान गरेका थिए ।
आयोजक डेसिमल बीबीए दोस्रो सेमेस्टर, ब्याच २०८२का अनुसार, रक्तदानमार्फत संकलित रगत तत्काल आवश्यकता भएका बिरामीहरूको उपचारमा प्रयोग गरिनेछ। उनीहरूले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।






