Categories अर्थ

सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो

Advertisement

काठमाडौँ l नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एकसय रुपैयाँ घटेको हो ।

यो सँगै आज सुनको प्रतितोलाएक लाख ९८ हजार एकसय रुपैयाँमा कारोवर भएको छ । आइतबार सुनको मूल्य प्रतितोला एकलाख ९९ हजार दुईसय रुपैयाँ थियो। हिजो पनि सुन तोलामा दुईसय रुपैयाँ घटेको थियो।

Advertisement

गएको शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेर एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *