Categories शिक्षा

सरकारलाई निजी विद्यालय संघको आग्रह: विधेयक अघि बढाउन छलफल आवश्यक

Advertisement

वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल PABSAN) ले “विद्यालय सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक–२०८०” का केही प्रावधान निजी लगानीका विद्यालयका लागि अव्यवहारिक भएको भन्दै सरकारलाई छलफलसहित अघि बढाउन अनुरोध गरेको छ।

एशोसिएशनले सरोकारवालाको सुझाव बेवास्ता गर्दै विधेयक अगाडि बढाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement

यसैबीच, नेपालभरि निजी विद्यालयको आन्दोलनलाई समर्थन गर्ने उद्देश्यले तय भएको जिल्लाको ९औँ तथा दोस्रो नगर अधिवेशन २०८२/५/६ गते स्थगित गरिएको छ।

Advertisement

केन्द्रीय समितिको निर्देशन र जिल्ला संस्थापक प्र.अ.हरूको सल्लाह अनुसार अर्को सूचना नभएसम्म अधिवेशन स्थगित रहने जानकारी एशोसिएशनका संयोजक रामविनय चौरसियाले दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *