Categories समाचार

लिपुलेक मुद्दामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्छः गगन थापा

Advertisement

काठमाडौं l नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले चीन र भारत बिच हालै भएको लिपुलेक ब्यापार मार्गको सहमति अस्वीकार्य रहेको बताएका हुन । 

Advertisement

 ‘भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य छ,’ थापाले बिशेष सम्बोधनमा भने ।

Advertisement

चीन र भारत दुई छिमेकी देशले नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनु पनि आब्हान गरेका छन् ।

‘भारत र चीनबिचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ । यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न,’ महामन्त्री थापाले भने, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *