Categories समाचार

हैजाले मुर्ली टोल त्राहिमाम, वडा अध्यक्ष गुप्ता बेखबर

Advertisement

वीरगंज । वीरगंजमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि महानगरपालिका तिव्र रूपमा नियन्त्रण र रोकथाममा जुटेको छ। शुक्रबार राति मुर्ली टोल (वडा नं. १२) का बासिन्दामा संक्रमण देखिएपछि महानगरले तुरुन्तै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको थियो।

संक्रमण फैलिन थालेपछि वीरगंज महानगर प्रमुख राजेशमान सिंहले तत्काल संक्रमित क्षेत्रमा स्वास्थ्यकर्मी खटाउने मात्र नभई ३२ वटै वडाका जनस्वास्थ्यकर्मीलाई प्राथमिकताका आधारमा परिचालन गर्ने निर्देशन दिनुभयो। सिंहले “जनताको ज्यानसँग खेलवाड गर्न पाइँदैन, सबै जनशक्ति, स्रोत र साधन परिचालन गरेर संक्रमित क्षेत्रलाई सुरक्षित बनाइन्छ,” भन्दै प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनुभयो।

Advertisement

महानगरले आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन समेत स्ट्यान्डबाइमा राखेको छ। साथै, हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरी नागरिकलाई हैजाबाट जोगिने उपायबारे जानकारी दिने काम भइरहेको छ।

Advertisement

तर, यतिबेला आफ्नै वडामा संक्रमण फैलिँदा समेत वडा नं. १२ का अध्यक्ष सुरेश गुप्ता भने पूर्णतया निष्क्रिय देखिएका छन्। प्रभावित बासिन्दाले वडा अध्यक्षले अवस्था बुझ्नसम्म पनि घर–घर नगएको गुनासो गरेका छन्। “हामी हैजाले त्राहिमाम पर्छौँ, तर वडा अध्यक्षलाई हाम्रो पीर छैन, महानगरले मात्र पहल गरेको छ,” एक स्थानीयले असन्तुष्टि व्यक्त गरे।

संक्रमण रोकथामका क्रममा महानगर प्रमुख सिंह सक्रिय रूपमा नेतृत्व गर्दै जिम्मेवारी निर्वाह गरिरहँदा वडा अध्यक्ष र वडा कार्यालयको बेवास्ता, गैरजिम्मेवारीपनप्रति स्थानीयले तीव्र आक्रोश व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *