Categories समाचार

सर्लाहीमा पेस्तोलसहित दुई युवक पक्राउ

Advertisement

सर्लाही । सर्लाही प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७, सिसौटका २५ वर्षीय किसन महरा र बागमती नगरपालिका–४, जिरायतका १८ वर्षीय श्याम महरा रहेका छन् ।

सिसौटका किसन महरासहितका मानिस हातहितयार गोलीगठ्ठा लिएर हिँड्ने गरेको सूचना पाएपछि प्रहरीले केही दिनदेखि उनीमाथि निगरानी बढाएको थियो ।

Advertisement

किसनलाई भारतको सोनवर्षाबाट बीआर ०६ डिएम ९५२३ नम्वरको मोटरसाइकलमा सर्लाही सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा नियन्त्रणमा लिएर सोधखोज गर्दा बागमती नगरपालिका–१२, स्थित बागमती नदी किनारमा लुकाएर राखेको एक थान कटुवा पेस्तोल बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो ।

Advertisement

डिएसपी राईका अनुसार किसनलाई मलङ्गवाबाट पक्राउ गर्दा आफूसँग भएको हतियार जिरायतका श्याम महरालाई राख्न दिएको बताएका थिए ।

त्यसपछि श्यामलाई समेत घरबाटै नियन्त्रणमा लिएर सोधपुछ गर्दा बागमती नदी किनारमा लगेर लुकाइराखिएको हतियार देखाएका डिएसपी राईले बताउनुभयो । प्रहरीले दुवै युवकविरुद्ध सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

युवकहरुको पृष्ठभूमीबारे अनुसन्धान जारी रहेको डिएसपी राईले बताउनुभयो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *