Categories समाचार

वीरगन्जमा इन्सेफलाइटिस नियन्त्रणका लागि पशुपन्छी फार्ममा विशेष अनुगमन र जनचेतना अभियान

Advertisement

वीरगन्ज । हाल बढ्दै गएको जापानीज इन्सेफलाइटिस (JE) संक्रमणलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले वडा नं. १९ बारवा र वडा नं. २२ मनियारी क्षेत्रमा रहेका आधा दर्जनभन्दा बढी पशुपन्छी फार्महरूमा विशेष अनुगमन तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

यस अभियानमार्फत सुँगुर तथा बंगुरपालन गर्ने किसानहरू र दलित बस्तीका परिवारलाई रोगको जोखिमबारे सचेत गराइयो । साथै फार्म सरसफाइ, लामखुट्टे नियन्त्रण, जैविक सुरक्षा (Biosecurity) तथा खोपको महत्वबारे विस्तृत जानकारी दिइएको थियो ।

Advertisement

महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले स्थानीय किसानलाई रोग नियन्त्रणका लागि सक्रिय कदम चाल्न आग्रह गरेको छ ।

Advertisement

टोलीका अनुसार रोगको संक्रमण कम गर्न किसानहरूले फार्म वरिपरि सरसफाइमा विशेष ध्यान दिनु, लामखुट्टे वृद्धि हुन नदिने वातावरण बनाउनुपर्ने र खोप कार्यक्रममा सक्रिय सहभागिता जनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *