वीरगन्ज । लायन्स क्लब अफ पिंक सिटि वीरगन्जले वीरगन्ज कपडा बैंकलाई १ बोरा र १० झोला कपडा हस्तान्तरण गरेको छ।
क्लब अध्यक्ष पिंकि साहको अध्यक्षता, फर्स्ट भिडिसी रामबिहारी पाण्डेको प्रमुख आतिथ्य र एरिया चिफ रामेश्वर प्रसाद गुप्ताको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कपडा बैंक अध्यक्ष लालबाबु सिंहलाई सहयोग हस्तान्तरण गरिएको हो।
कार्यक्रममा क्लबका पदाधिकारी, समाजसेवी तथा कपडा बैंकका कर्मचारीहरूको उपस्थिति थियो। अध्यक्ष साहले विपन्न, असहाय तथा विपत्मा परेकालाई कपडा वितरण गर्दै आएको कपडा बैंकको कामलाई समर्थन गर्दै आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन।
प्रमुख अतिथि पाण्डेले ‘तपाईंसँग धेरै छ भने दिनुस्, छैन भने लिनुस्’ भन्ने कपडा बैंकको मूलमन्त्रलाई प्रशंसा गर्दै मानवताको लागि सबै संस्थाले हातेमालो गर्न आग्रह गरे।
कपडा बैंकका अध्यक्ष सिंहले निरन्तर सहयोगका लागि लायन्स क्लब अफ पिंक सिटिलाई धन्यवाद दिएका छन्।






