♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पढाइभन्दा रमाइलोमा मन जाने सम्भावना छ, तर सानो लापरबाहीले ठूलो घाटा हुनसक्छ। थकानले दबाब दिए पनि आत्मबल र हौसला तपाईंका लागि आफन्तहरूको ऊर्जा बन्नेछ। महत्वपूर्ण काम आफैं उपस्थित भएर गर्नुहोस्।
🔮 भाग्यबल: ००% | शुभ अंक: ८ | शुभ रंग: नीलो/कालो | दिशा: उत्तर
♉ बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तपाईंलाई भेटघाट, रमाइलो र पार्टनरसँग समय बिताउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा पनि प्रशंसा पाउने दिन हो। कला, डिजाइन वा मनोरञ्जनतर्फ झुकाव बढ्नेछ।
🔮 भाग्यबल: ०५% | शुभ अंक: ७ | शुभ रंग: रातो | दिशा: पश्चिम
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
क्रोध र घमण्डले समस्या ल्याउन सक्छ, तर धैर्य र योजना बनाएर अघि बढेमा विजयी बन्न सकिन्छ। परिवार र आफन्तको चाहना सुनेर मात्र कदम चाल्नु बुद्धिमानी हुनेछ।
🔮 भाग्यबल: ६०% | शुभ अंक: ६ | शुभ रंग: ध्वाँसे/कालो | दिशा: दक्षिण
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या समाधान गर्न बुद्धिकौशल चलाउनुपर्ने दिन हो। पार्टनरसँग मनको कुरा राख्दा सम्बन्ध बलियो हुनेछ। अधुरो काम स्थगित नगरी पूरा गर्नु लाभदायी हुनेछ।
🔮 भाग्यबल: २०% | शुभ अंक: ५ | शुभ रंग: सेतो | दिशा: पूर्व
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरजग्गा वा सम्पत्तिसम्बन्धी कारोबारमा ध्यान केन्द्रित हुनेछ। परिवारको सहयोग पाउने भए पनि सोचाइमा अलमल हुने सम्भावना छ। सजग भएर अघि बढ्नु आवश्यक।
🔮 भाग्यबल: ००% | शुभ अंक: ४ | शुभ रंग: सिम्रिक रातो | दिशा: उत्तर
♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
माइतीतर्फ वा दिदीबहिनीबाट शुभ समाचार पाउने योग। धार्मिक, सामाजिक वा खेलकुदमा सक्रियता बढ्नेछ। प्रयासहरू सफल हुँदै आत्मसम्मान बढ्नेछ।
🔮 भाग्यबल: ३०% | शुभ अंक: ३ | शुभ रंग: गुलाबी/सिन्दुरे | दिशा: पश्चिम
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
एक्लोपन अन्त्य गर्ने संकेत। नयाँ चिनजान प्रेम वा जीवनमा नयाँ रंग ल्याउन सक्छ। व्यापार वा साझेदारीबाट लाभ हुनेछ। तर वाचा पूरा गर्न नसक्दा आलोचना आउन सक्छ।
🔮 भाग्यबल: ६५% | शुभ अंक: २ | शुभ रंग: सेतो | दिशा: दक्षिण
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईंलाई आत्मविश्वास र ऊर्जा थपिनेछ। नयाँ ज्ञान सिक्ने उत्सुकता बढ्नेछ। आत्मोन्नति, घरायसी सुखसुविधा र सम्पत्तितर्फ ध्यान जाने समय।
🔮 भाग्यबल: ००% | शुभ अंक: १ | शुभ रंग: सिन्दुरे रातो | दिशा: पूर्व
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक पक्षले असजिलो ल्याउने दिन। ठूलो महत्वाकांक्षा छोडेर साधारण प्रयासमा ध्यान दिनु श्रेयष्कर। कार्यक्षेत्रमा बहस टार्नु उपयुक्त हुनेछ।
🔮 भाग्यबल: ००% | शुभ अंक: ३ | शुभ रंग: नीलो/कालो | दिशा: उत्तर
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाइबहिनी वा छोराछोरीसँग नजिकिँदा मन प्रसन्न रहनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। खर्च बढे पनि पुरानो लगानीको फल हात लाग्ने समय।
🔮 भाग्यबल: ०५% | शुभ अंक: २ | शुभ रंग: नीलो/कालो | दिशा: पश्चिम
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पेसागत प्रगतिको लागि आज अनुकूल दिन। धेरै खट्नुपर्ला तर परिणाम राम्रै हुनेछ। पारिवारिक सम्बन्धमा अलिकति निरसता भए पनि दाम्पत्य जीवन सुखद।
🔮 भाग्यबल: ६५% | शुभ अंक: १ | शुभ रंग: नीलो/कालो | दिशा: दक्षिण
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वरिष्ठ र मान्यजनसँग निकटता बढ्नेछ। कर्मनिष्ठा बढेर प्रतिष्ठा पनि उक्लिने समय। नयाँ जिम्मेबारी वा अवसर आउन सक्छ। परिवार र अभिभावकलाई प्राथमिकता दिनु उपयुक्त।
🔮 भाग्यबल: ४०% | शुभ अंक: ९ | शुभ रंग: सिन्दुरे रातो | दिशा: पूर्व






