Categories स्वास्थ्य

लालपर्साको डोम बस्तीमा स्वास्थ्य चौकीद्वारा जनचेतना कार्यक्रम सम्पन्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. ३० स्वास्थ्य चौकी लालपर्साले डोम बस्तीमा विशेष स्वास्थ्य जनचेतना तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

पिछडिएको समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले बस्तीमा आधारभूत स्वास्थ्य सेवा र प्राथमिकताका आवश्यकताबारे जानकारी दिएका थिए।

Advertisement

जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाका अनुसार कार्यक्रममा हैजा र जापानी इन्सेफलाइटिस (विशेष गरी सुँगुर तथा बङ्गुर पालन हुने समुदायमा जोखिम) सम्बन्धी सचेतनामूलक जानकारी दिइएको थियो। साथै सरसफाइ, सफा खानेपानी प्रयोग, हैजा र अन्य सरुवा रोगबाट बच्न आवश्यक उपायहरूबारे बस्तीवासीलाई जानकारी गराइयो।

Advertisement

त्यसैगरी, सर्ने (Communicable) तथा नसर्ने (Non-communicable) रोगहरूबारे छलफल गर्दै नियमित स्वास्थ्य जाँच, खानपान, व्यायाम, र तम्बाकु तथा मदिरा सेवन नगर्नु जस्ता व्यवहारिक पक्षमा सबै सदस्यलाई सचेत गराइएको थियो।

स्वास्थ्य चौकी लालपर्साले आगामी दिनमा डोम बस्तीका स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा सजिलै उपलब्ध गराउन, आवश्यक औषधि तथा उपचार सुविधा विस्तार गर्न, र जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने योजना अघि सारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *