Categories खेलकुद

वीरगंजमा विराट कुश्ती प्रतियोगिता सुरु, प्रमुख सिंहले खेलमार्फत एकता र स्वस्थ समाज निर्माणमा जोड

Advertisement

वीरगंज । प्रत्येक वर्षझैं यस वर्ष पनि छठ पर्वको परनाको दिन वीरगंज–१६ इर्नवामा आयोजित विराट कुश्ती प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। उद्घाटन सत्रमा सहभागी हुँदै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह ले खेलकुदले समाजमा एकता, अनुशासन र भाईचाराको भावना फैलाउने बताए।

उहाँले भने, “यो कुश्ती प्रतियोगिता केवल मनोरञ्जनका लागि मात्र होइन, यसले यस क्षेत्रका युवालाई खेलकुदमा अभिप्रेरित गर्ने र नयाँ प्रतिभाशाली खेलाडीहरू उत्पादन गर्न ठूलो भूमिका खेल्नेछ।”

Advertisement

नेपालका विभिन्न जिल्ला साथै भारतका विभिन्न राज्यबाट आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पहलवानहरूको सहभागितासहित सुरु भएको यो प्रतियोगिता २ दिनसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

Advertisement

महानगर प्रमुख सिंहले खेलकुदलाई स्थानीय स्तरमै प्रोत्साहन गर्न वडा समितिहरूको योगदान सराहनीय रहेको उल्लेख गर्दै आयोजक परिवार, प्रायोजक वडा नं. १६ समिति परिवार तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएका छन्।

उहाँले थपे, “वीरगंज महानगरले आगामी दिनमा पनि यस्ता स्थानीय खेलकुद कार्यक्रमलाई निरन्तर समर्थन र संरक्षण गर्नेछ, ताकि हाम्रो सहरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उदाउँदै जाउन्।”

यो प्रतियोगिता माध्यमबाट स्थानीय बासिन्दाहरूले छठ पर्वको उल्लाससँगै परम्परा, संस्कृति र खेल भावना एकसाथ अनुभव गर्न पाएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *