काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बानेश्वर प्रहरी वृत्तबाट तीन नाल हतियार लुटेको आरोपमा विद्यार्थी नेता सुजन वाइबालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार वाइबालाई हतियार बोकेर हिँडिरहेको भिडियो प्रमाणको आधारमा पक्राउ गरिएको हो।
शान्तिनगर निवासी वाइबा “बानेश्वर बहुमुखी क्याम्पसका माओवादी निकट अखिल (क्रान्तिकारी)”बाट स्ववियु सदस्यमा निर्वाचित विद्यार्थी नेता हुन्।
प्रहरीका अनुसार उनी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरमा भएको हतियार लुटपाट घटनामा प्रत्यक्ष संलग्न रहेको आशंकामा पक्राउ परेका हुन्।
प्रहरी परिसर काठमाडौँले वाइबामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।




