Categories स्वास्थ्य

बगही स्वास्थ्य केन्द्रमा २४ घण्टे आकस्मिक सेवा औपचारिक रूपमा सुरु

Advertisement

बगही स्वास्थ्य केन्द्रमा २४ घण्टे आकस्मिक सेवा सुरु

बिरगंज। बिरगंज महानगरपालिका २८ अन्तर्गत रहेको बगही प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा २४ घण्टा सञ्चालन हुने आकस्मिक स्वास्थ्य सेवा औपचारिक रूपमा सुरु भएको छ।

Advertisement

स्थानीयवासीलाई स्वास्थ्य सेवा सहज, छरितो र प्रभावकारी बनाउन लक्षित गरी सुरु गरिएको यो सेवाको उद्घाटन बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक विशेष समारोहबीच गरेका हुन।

Advertisement

उद्घाटन समारोहमा मेयर सिंहले स्वास्थ्य क्षेत्रलाई महानगरको प्राथमिक एजेन्डा रहेको उल्लेख गर्दै “स्वस्थ नागरिक, समृद्ध महानगर” निर्माणका लागि महानगर निरन्तर सक्रिय रहेको बताए । उनका अनुसार २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा आएपछि बगही तथा आसपासका हजारौँ नागरिकलाई आपतकालीन अवस्थामा अन्य स्थानमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

मेयर सिंहले भने, “महानगरले स्वास्थ्य पूर्वाधार, जनशक्ति तथा सेवा विस्तारलाई दीर्घकालीन दृष्टिकोणसहित अघि बढाइरहेको छ। बगहीमा सुरु गरिएको आकस्मिक सेवा महानगरको स्वास्थ्यप्रति रहेको प्रतिबद्धताको निरन्तरता हो। स्थानीयवासीलाई समयमै उपचार उपलब्ध गराउनु नै हाम्रो पहिलो दायित्व हो।”

कार्यक्रममा वडा अध्यक्ष, स्वास्थ्य समिति प्रतिनिधि, स्थानीय समाजसेवी तथा विभिन्न संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो। स्वास्थ्य केन्द्रका जिम्मेवार अधिकारीहरूले आकस्मिक कक्ष, प्राथमिक उपचार, मातृ शिशु सेवा, साधारण परामर्श तथा आधारभूत औषधि सेवा २४ घण्टा उपलब्ध हुने जानकारी दिए।

स्थानीयवासीहरूले बगहीमा स्थायी रूपमा २४ घण्टे स्वास्थ्य सेवा सुरु हुनु ‘जीवनरक्षक पहल’ भएको उल्लेख गर्दै मेयर सिंह तथा महानगरलाई धन्यवाद व्यक्त गरे।

अब बगही प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा रातदिन आकस्मिक उपचार, सामान्य स्वास्थ्य परीक्षण, चोटपटक व्यवस्थापन, आवश्यक रिफरल तथा नियमित स्वास्थ्य परामर्श सहज रूपमा प्राप्त हुने भएको बताइएको छ । यसबाट बगही मात्र होइन, आसपासका बस्तीका नागरिक पनि प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *