वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका– २४ स्थित बहुवरी ड्राइपोर्ट चोक नजिकबाट मानसिक अवस्था कमजोर एक पुरुषलाई सोमबार दिउँसो मानवसेवा आश्रम, वीरगञ्ज शाखाले उद्धार गरेको छ।
दिउँसो करिब ३:१५ बजे फेला परेका करिब ३५ वर्ष उमेरका ती पुरुषले आफ्नो नाम–थर खुलाउन नसक्ने अवस्था रहेको आश्रमले जनाएको छ।
उद्धार कार्य मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ता, संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नागेश्वर यादव तथा प्रहरी चौकी श्रीसियाको टोलीको उपस्थितिमा सम्पन्न भएको थियो।
आश्रममा लगेपछि ती पुरुषको प्रारम्भिक सरसफाइ, नुहाइ धुहाई गरिनुका साथै चिकित्सक डा. भरत गोईको निगरानीमा आवश्यक औषधि उपचार प्रक्रिया सुरु गरिने आश्रमले जनाएको छ।





