Categories समाचार

पर्सागढिमा घाँस टिप्न गएकी महिला बाघको आक्रमणबाट गम्भीर घाइते, स्थानीयमा त्रास

Advertisement

वीरगन्ज । पर्सा जिल्लाको पर्सागढि नगरपालिका–३ झुलिटारमा आज बिहान घाँस काट्न जङ्गल गएकी एक महिला बाघको आक्रमणमा परेर गम्भीर घाइते भएकी छिन्।

स्थानीय जगतबहादुर श्रेष्ठकी ५५ वर्षीया श्रीमती शान्तामाया श्रेष्ठ चिसापानी जङ्गल क्षेत्रमा साथीहरूसँगै घाँस संकलन गरिरहेकी बेला अचानक बाघ देखापरेर आक्रमण गरेको स्थानीयले बताएका छन्।

Advertisement

प्रत्यक्षदर्शीका अनुसार, साथीहरूले ठूलो आवाज गर्दै हल्ला मच्चाएपछि मात्र बाघ जङ्गलतिर भागेको थियो। आक्रमणका कारण श्रेष्ठको गाला, मुख, घाँटी र आँखामा गम्भीर चोट लागेको छ।

Advertisement

घाइते श्रेष्ठलाई तत्काले उद्धार गरी वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएको स्थानीयले जानकारी दिए।

पर्सा वन्यजन्तु आरक्षअन्तर्गत पथलैया–सिमरा क्षेत्रमा पछिल्लो समय बाघको गतिविधि र आक्रमणका घटनामा वृद्धि भएसँगै स्थानीयमा त्रास फैलिएको छ। पर्सागढिमा पुनः आक्रमण दोहोरिएपछि जनसुरक्षाबारे चिन्ता झन् तीव्र बन्दै गएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *