Categories समाचार

धोबिनीका सम्सुल मियाँ चरेशसहित पर्सा प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा चरेशसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोक नजिक शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले रोकेर खानतलासी गर्दा १० किलो चरेश बरामद गरिएको हो।

Advertisement

प्रहरीका अनुसार आज बिहान करिब १०:०५ बजे खटिएको टोलीले पैदल हिँडिरहेका व्यक्तिमाथि शंका लागेपछि जाँच गरेको थियो। कानूनी प्रक्रिया पूरा गर्दै गरिएको तलासीका क्रममा कालो ब्यागभित्र प्लास्टिकले बेरि लुकाइ राखिएको चरेश जस्तै पदार्थ भेटिएको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ बस्ने ४८ वर्षीय सम्सुल मियाँ रहेका छन्। उनको साथबाट एक पोका चरेशजस्तो देखिने १० किलो पदार्थ प्रहरीले बरामद गरेको हो। बरामद सामग्रीसहित मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजु कार्कीका अनुसार घटना सम्बन्धमा लागु औषध ऐनअन्तर्गत थप कारबाही अघि बढाइएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *