Categories स्वास्थ्य

बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौँ स्थानीय लाभान्वित

वीरगंज । बाराको गञ्ज भवानीपुरमा लायन्स क्लब क्युरेटिभद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। विभिन्न रोगको निःशुल्क स्वास्थ्य परीक्षणका लागि आयोजना गरिएको शिविरमा सयौँ स्थानीयवासी लाभान्वित भएका छन्।

शिविरमा वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंहसहित विशेषज्ञ चिकित्सकहरूको टोलीले मधुमेह, चर्मरोग, आँखा, दन्त, बालरोग तथा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गरेको आयोजकले जनाएको छ।

Advertisement

उनका अनुसार शिविरमा ४०० भन्दा बढी आँखाका, २२७ मधुमेहका, २१९ चर्मरोगका तथा ५० बाल एवं स्त्रीरोगका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो।

Advertisement

स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सकमा फिजिसियन तथा मधुमेह रोग विशेषज्ञ डा. निरजकुमार सिंह, प्याथोलोजिस्ट डा. राम अवतार खेतान, चर्म तथा यौन रोग विशेषज्ञ डा. सुमन प्रसाद, बाल रोग विशेषज्ञ डा. संजय अग्रवाल, स्त्री तथा महिला रोग विशेषज्ञ डा. कृति अग्रवाल, आँखा रोग विशेषज्ञ डा. आदित्य प्रसाद र डा. विपिशा श्रेष्ठ तथा दन्त रोग विशेषज्ञ डा. राहुल गुप्ता सहभागी थिए।

शिविरमार्फत स्थानीयले सहज र प्रभावकारी स्वास्थ्य सेवा पाएको भन्दै आयोजक र चिकित्सक टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *