Categories समाचार

जगरनाथपुरमा निःशुल्क आँखा शिविरबाट २७२ जना लाभान्वित, ८१ जनामा मोतियाबिन्द पहिचान

Advertisement

वीरगंज । जगरनाथपुर गाउँपालिका–५, मदुवाहा स्थित श्री बाल विकास प्राथमिक विद्यालयको प्रांगणमा आयोजित निःशुल्क आँखा शिविरबाट २ सय ७२ जना लाभान्वित भएका छन्।

दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजनामा तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा युवा नेता सुनिल मुखियाले अध्यक्षता गर्नुभएको थियो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी बृजेश्वर प्रसाद चौधरी रहनुभएको थियो भने स्वागत मन्तव्य बृजेश पटेलले प्रस्तुत गर्नुभएको थियो। शिविरमा विशिष्ट अतिथि केडिया आँखा अस्पतालका यूनिट को–अर्डिनेटर डा. सन्तोष ठाकुर रहनुभएको थियो। त्यस्तै, योगेन्द्र पटेल, फूलमती देवी, अजय साहसहित स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

शिविरमा गरिएको परीक्षण मध्ये ८१ जनामा मोतियाबिन्दको लक्षण पाइएको र ९६ जनालाई आवश्यकतानुसार निःशुल्क औषधि (ड्रप) वितरण गरिएको अस्पतालका प्रतिनिधिले जानकारी दिए।

मोतियाबिन्दका पहिचान भएका व्यक्तिहरूलाई आगामी बुधबार र बिहीबार गरी दुई दिनमा दुई समूहमा विभाजन गरी परवानीपुरस्थित केडिया आँखा अस्पतालमा शल्यक्रिया गरिने समाजसेवी चौधरीले जानकारी गराउनुभयो। शल्यक्रियाका लागि जान–आउन बसको सुविधा समेत व्यवस्था गरिएको आयोजक समिति जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *