Categories समाचार

सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद, चालक पक्राउ

सर्लाही । सामाजिक सेवा र आकस्मिक उद्धारका लागि प्रयोग हुने रेडक्रसको एम्बुलेन्सबाट ठूलो मात्रामा अवैध गाँजा बरामद भएपछि सर्लाहीमा चर्चा बढेको छ।

आइतबार बिहान हरिवन–५ घुर्कौलीस्थित हीरालाल टोलमा रोकेर जाँच गरिएको ज.१.च १५५८ नम्बरको एम्बुलेन्सबाट ५१ किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, रामनगर बहुअर्वाको नाममा रहेको पुष्टि भएको छ।

Advertisement

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको उक्त सवारीसाधनका चालक—रौतहट यमुनामाई–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई समेत पक्राउ गरिएको छ।

Advertisement

यसैबीच, सोही दिन लालबन्दी–११ हिरापुरबाट लालबन्दी–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

दुवै घटनाको थप अनुसन्धान जारी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *