Categories समाचार

बिरगञ्जमा हिन्दू पत्रकार संघ नेपालको औपचारिक घोषणा

बिरगञ्ज । बिरगञ्जस्थित होटल क्लासिक ब्यान्क्वेटमा आइतबार नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीको प्रमुख आतिथ्यमा हिन्दू पत्रकार संघ नेपालको औपचारिक घोषणा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। प्रमुख अतिथि तिवारीले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा नयाँ संगठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

Advertisement

घोषणासँगै संघको कार्यसमिति सार्वजनिक गरिएको छ। जसअनुसार अध्यक्षमा राजन रौनियार, उपाध्यक्षमा विनोद पटेल, महिला उपाध्यक्षमा विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ र कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन्।

Advertisement

कार्यक्रममा सहभागीहरूले संगठनले पत्रकारहरूको हकहित संरक्षण गर्दै सामाजिक सद्भाव र सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *