Categories समाचार

नेपाली कांग्रेसभित्र कार्यकर्तामाथि अन्यायको आरोप, युवा नेताले उठाए संगठनप्रति असन्तुष्टि

वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता राकेश यादवले पार्टीभित्र निरन्तर रूपमा आफूविरुद्ध अन्याय र विभेद भइरहेको आरोप लगाएका छन्। उनले यसलाई “कार्यकर्तामाथिको अन्यायको शृङ्खला–२” भन्दै सार्वजनिक रूपमा गुनासो व्यक्त गरेका हुन्।

नेपाली कांग्रेस प्रदेश कार्य समितिका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठको भनाइ उद्धृत गर्दै यादवले जिल्ला कार्य समितिले आफ्नो नाम प्रदेश कार्य समितिका लागि सिफारिस नै नगरेको जानकारी पाएपछि आफू गम्भीर रूपमा आहत भएको बताए। पार्टीका लागि लामो समयदेखि सक्रिय रहँदै आएका कार्यकर्तालाई बेवास्ता गर्नु पार्टीको लोकतान्त्रिक अभ्यासविरुद्ध भएको उनको भनाइ छ।

Advertisement

यादवका अनुसार उनले नेपाली कांग्रेस जिल्ला सभापति, उपसभापति, दुवै सचिव, प्रवक्ता तथा सदस्यहरूलाई व्यक्तिगत रूपमा फोनमार्फत आफू माथि भएको विभेदबारे जानकारी गराए पनि जिल्ला कार्य समितिले कुनै पहल नगरी आफ्नो “निरिहपन प्रमाणित” गरेको छ। यसप्रति उनले खेद प्रकट गरेका छन्।

Advertisement

उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आम कांग्रेसजनलाई यस्ता गतिविधिहरूलाई नजिकबाट नियाल्न आग्रह गरेका छन्। “अगाडि अगाडि हेर्दै जानुस्,” भन्दै उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र कार्यकर्ताको सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

यादवको यो अभिव्यक्तिले नेपाली कांग्रेसभित्रको संगठनात्मक प्रक्रिया र सिफारिस प्रणालीप्रति प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *