Categories समाचार

वीरगंजमा २४० किलो चरेश सहित ट्रक र दुई जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध चरेश जस्तो देखिने पदार्थ २ सय ४० किलोसहित एक ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा माघ ५ गते साँझ करिब ७ः३० बजे वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी कानुनी प्रक्रिया पूरा गरी जाँच गरिएको थियो।

Advertisement

जाँचका क्रममा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बनाई लुकाइछिपाई राखिएको लागू औषध चरेश जस्तो देखिने पदार्थ २ सय ४० किलो फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा ट्रक चालकसहित ट्रकमा सवार दुई जनालाई बरामद लागू औषधसहित नियन्त्रणमा लिइएको हो।

Advertisement

पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ११ बस्ने २९ वर्षीय सरोज मोक्तान (ट्रक चालक) र सोही स्थानका २१ वर्षीय नवराज लो रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *