Categories स्वास्थ्य

लेकबेसीमा नगरपालिका स्तरीय स्वास्थ्य प्रणाली प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

Advertisement

वीरगंज । आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य संकाय अन्तर्गत स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धि सिकाइ कार्यक्रमको नगरपालिका स्तरीय पहिलो प्रस्तुतिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको संयोजन प्रतिष्ठानका दिलिप कुमार रावतले गरेका थिए भने उनको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।

Advertisement

कार्यक्रममा नगर प्रमुख उमेश कुमार पौडेल, नगर उपप्रमुख बिमला खडलुक, प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार शर्मा, पालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा संयोजक तथा कर्मचारी, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य संकाय, स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन समूह A का सदस्य रोशन ताम्राकार, विकास महतो, लोकमणि बोहोरा, आनन्द कुमार सिंह, वैभव ठाकुर र दीपेन्द्र चौधरी सहभागी थिए।

कार्यक्रमको क्रममा विकास महतोले नगर स्वास्थ्य प्रणालीको वर्तमान अवस्था, उपलब्धि र चुनौतीबारे संक्षिप्त जानकारी प्रस्तुत गरे। उनका अनुसार, लेकबेसी नगरपालिकाको स्वास्थ्य प्रणालीले स्थानीय जनताको स्वास्थ्य प्रवर्द्धन, संरक्षण तथा उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

नगरपालिका स्तरीय स्वास्थ्य संस्थाहरू, महिला स्वास्थ्य स्वयंसेविका (FCHV), स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र र पहुँच विस्तार क्लिनिकमार्फत समुदाय तहसम्म स्वास्थ्य सेवा पुगिरहेको उल्लेख गरिएको छ।

यसैगरी, खोप, सुरक्षित मातृत्व, पोषण, क्षयरोग र असंक्रामक रोगसम्बन्धी प्रमुख स्वास्थ्य कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको देखिएको छ। तर मानव स्रोतको पर्याप्तता, पूर्वाधार सुधार, औषधि तथा उपकरणको व्यवस्थापन, स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण र रोकथाममुखी कार्यक्रमको विस्तारमा अझै थप प्रयास आवश्यक रहेको पनि बताइएको छ।

कार्यक्रमले समुदायको सक्रिय सहभागिता, अन्तरक्षेत्रीय समन्वय र प्रमाणमा आधारित योजना तथा कार्यान्वयनलाई अझ सुदृढ बनाउँदै दीगो र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा सकारात्मक कदम भएको आयोजकहरूले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *