Categories समाचार

सशस्त्र प्रहरीद्वारा पर्सामा १२० किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद

Advertisement

वीरगंज । सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लामा १२० किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

आज पर्सा जिल्लाको विन्धवासिनी गाउँपालिका–५, प्रसौनीभाठा गाउँस्थित धुतहा खोलाको किनारमा सशस्त्र प्रहरी बल, नेपाल विओपी प्रसौनीभाठाबाट खटिएको गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो।

Advertisement

टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ लागूऔषध लैजाँदै गरेका केही व्यक्तिहरूले ८ वटा प्लास्टिकका पोका छोडी फरार भएका थिए। घटनास्थलमै ती पोकाहरू खोली जाँच गर्दा जम्मा १२० किलोग्राम लागूऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

बरामद गरिएको लागूऔषधलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जनाए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *