Categories समाचार

वीरगंज कपडा बैंकलाई लायन्स क्लबद्वारा कपडा सहयोग

वीरगंज । लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ।

प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर विनय बस्नेतले बैंकको कार्यालयमै पुगेर दुई बोरा कपडा अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन।

Advertisement

कार्यक्रममा विशिष्ट अतिथि प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डेले अध्यक्ष सिंहको सामाजिक सेवाको कदर गर्दै लायन्स ब्याज प्रदान गर्नुभयो। सो अवसरमा लायन्स क्लबका विभिन्न पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

Advertisement

डिष्ट्रिक्ट गभर्नर बस्नेतले वीरगंज कपडा बैंकले गरिब, असहाय तथा विपन्नका लागि गर्दै आएको निस्वार्थ सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि लायन्स परिवारको निरन्तर साथ–सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *