Categories समाचार

एसियाली कुस्ती च्याम्पियनसिपबाट फर्किएका वीरगंजका खेलाडी महानगरद्वारा सम्मानित

Advertisement

वीरगंज । इरानको उरमिया सहरमा सम्पन्न ७ औँ एसियाली कुस्ती च्याम्पियनसिप २०२५ मा सहभागी भई वीरगंज फर्किएका कुस्ती खेलाडीहरूलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आज आफ्नै कार्यकक्षमा एक कार्यक्रम आयोजना गरी प्रतियोगितामा सहभागी ४ जना कुस्ती खेलाडीलाई गम्छा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका हुन। सम्मानित हुने खेलाडीहरूमा कुन्दन साह, सुजित यादव, निखिल पटेल र राम किशोर यादव रहेका छन्।

Advertisement

त्यसैगरी, च्याम्पियनसिपमा सहभागी अन्य ११ जना कुस्ती खेलाडीहरूलाई पनि मेयर सिंहले ट्र्याक सुट प्रदान गरी सम्मान गरेका हुन।

Advertisement

कार्यक्रममा मेयर सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर देश र वीरगंजको नाम चिनाउन सफल खेलाडीहरूको प्रशंसा गर्दै आगामी दिनमा खेलकुद विकासका लागि महानगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

उनले खेलाडीहरूलाई अझ राम्रो प्रदर्शनका लागि निरन्तर अभ्यास र अनुशासनमा ध्यान दिन आग्रह गरे।
सम्मानित खेलाडीहरूले महानगरपालिकाबाट प्राप्त सम्मानले आफूहरूलाई थप हौसला र प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *