Categories समाचार

इनर व्हील क्लबद्वारा कपडा बैंकलाई न्यानो कपडा सहयोग

Advertisement

वीरगञ्ज । जाडो मौसमलाई ध्यानमा राख्दै इनर व्हील क्लब अफ वीरगञ्जले सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगञ्ज कपडा बैंकलाई १५ पोका न्यानो कपडा सहयोग गरेको छ।

कपडा हस्तान्तरण कार्यक्रममा क्लबकी अध्यक्ष मञ्जुरी श्रेष्ठ, सचिव नीलम बेहाउत, उपाध्यक्ष प्रीति गुप्ता लगायत सदस्यहरूको उपस्थिति रहेको थियो। क्लबका तर्फबाट संकलित न्यानो कपडा बैंकका सचिव कन्हैया पटेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

Advertisement

कार्यक्रममा अध्यक्ष श्रेष्ठले जाडोमा गरिब, असहाय तथा विपन्न वर्गलाई न्यानो कपडाको आवश्यकता बढी हुने भएकाले सामाजिक सेवाको भावनाले सहयोग गरिएको बताइन्।

Advertisement

कपडा बैंकका सचिव पटेलले प्राप्त कपडा वास्तविक आवश्यकता भएका व्यक्तिहरूसम्म पुर्‍याइने जानकारी दिँदै क्लबप्रति आभार व्यक्त गरे।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *