Categories समाचार

पूर्व मन्त्री यादवद्वारा वीरगंजवासीलाई शान्ति र सद्भाव कायम राख्न अपील

Advertisement

वीरगंज । पूर्व मन्त्री प्रदीप यादवले वीरगंज क्षेत्रका सर्वसाधारणलाई संयम अपनाउँदै आपसी सद्भाव कायम राख्न अपील गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै यादवले वीरगंज सधैँदेखि हिन्दू–मुस्लिम आपसी भाइचारा, सहअस्तित्व र प्रेमको उदाहरणीय सहर रहँदै आएको उल्लेख गर्दै केही भ्रम, अफवाह र उक्साहटका कारण समाजमा तनाव सिर्जना गर्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरे। उनले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने गलत सूचनाप्रति सचेत रहन सबैलाई आग्रह गरे।

Advertisement

“धर्म फरक हुन सक्छ, संस्कार फरक हुन सक्छन्, तर हाम्रो साझा भविष्य एउटै हो,” यादवले भने, “शान्ति भंग हुने कुनै पनि गतिविधि हाम्रो सहर, समाज र भावी पुस्ताका लागि हितकर हुँदैन।”

Advertisement

पूर्व मन्त्री यादवले शान्ति कायम राख्नु प्रशासनको मात्र होइन, सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै धर्म, जात वा समुदायभन्दा माथि उठेर एकअर्काको सम्मान गर्न आग्रह गरे। उनले वीरगंजलाई शान्ति र सद्भावको सहरका रूपमा जोगाउन सबै मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिए।

साथै, समाजमा द्वन्द्व सिर्जना गर्ने व्यक्ति जहाँसुकैका भए पनि पहिचान गरी कानुनी दायरामा ल्याउन वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसमक्ष अनुरोध गरेका छन्। नेपाल सरकारले संवाद, सद्भाव र शान्ति स्थापनाका लागि गर्ने प्रत्येक पहलमा आफूले सक्दो सहयोग र समर्थन रहने प्रतिबद्धता पनि उनले सार्वजनिक गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *