वीरगञ्ज । पूर्व सांसद प्रभु हजराले धर्म र जातका नाममा कुनै पनि प्रकारको हिंसा नहोस् भन्ने स्पष्ट सन्देशसहित हिन्दू–मुस्लिम समुदायलाई संयमता र सद्भाव कायम राख्न अपिल गरेका छन् । उनलेे धर्म फरक हुन सक्छ तर हाम्रो साझा पहिचान मानवता भएको उल्लेख गर्दै घृणा होइन, प्रेम र भाइचाराको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् ।
हजराले हिन्दू र मुस्लिम समुदाय एउटै माटोका फूल भएको बताउँदै हातमा हात मिलाएर शान्तिको मार्गमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनलेे दंगा, द्वेष र हिंसा त्यागी भाइचाराको माध्यमबाट नयाँ र समावेशी समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
“मस्जिद होस् वा मन्दिर, शान्ति र प्रेमको सन्देश एउटै हो,” भन्दै हजराले जातीय तथा धार्मिक विभाजनले समाजलाई कमजोर बनाउने चेतावनी दिए । उनले नेपाल सबैको साझा घर भएकाले न धर्मका नाममा न घृणाका आधारमा समाज बाँडिनु नहुने स्पष्ट पारे।
पूर्व सांसद हजराले धर्मको नाममा अशान्ति फैलाउने तत्वहरूको गहिरो छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग पनि गरेका छन् ।






