Categories खेलकुद

श्री शंकरलाल केडिया स्मृति फुटबलमा आज मोडर्न र लिटल फ्लावरको शानदार जित

Advertisement

वीरगञ्ज । D. A. V. R. B. केडिया स्कूलद्वारा सञ्चालित श्री शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज प्रतियोगिताका दुई खेल सम्पन्न भएका छन्।

आज (सोमबार) भएको पहिलो खेलमा मोडर्न स्कूल, परवानीपुर ले क्याम्ब्रिज स्कूल, रक्सौल लाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ। मोडर्न स्कूलका सोहेल मियाँ ले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गोल गरेका थिए। प्रभावशाली खेल प्रस्तुत गरेका सोहेल मियाँ सोही खेलको म्यान अफ द म्याच घोषित भए।

Advertisement

त्यसैगरी, आजै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर स्कूल ले कादम्बरी स्कूल लाई ३–१ को अन्तरले पराजित गर्दै जित निकालेको छ। लिटल फ्लावरका साभियो घाले ले उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई पनि सो खेलको म्यान अफ द म्याच घोषित गरिएको थियो।

Advertisement

प्रतियोगिताको उद्देश्य विद्यालयस्तरका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, टोली भावना र प्रतिभा पहिचान गर्नु रहेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक राकेश मिश्र ले प्रतियोगितामा विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको जानकारी गराउँदै आगामी दिनहरूमा अझ रोमाञ्चक खेलहरू हुने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *