Categories समाचार

स्थानीयदेखि संघसम्म, राकेश यादव सांसदको टिकटबाट पनि वञ्चित

Advertisement

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न प्रयासरत युवा नेता राकेश यादवले टिकट नपाए पनि आफू राजनीतिक संघर्षबाट विचलित नहुने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै यादवले उम्मेदवारीका क्रममा कांग्रेस बाहिरका नयाँ युवामा उत्साह देखिए पनि पार्टीभित्र आफूभन्दा माथिल्लो पुस्तामा डाह र अनेक प्रश्नको सामना गर्नुपरेको बताए।

Advertisement

टिकट माग्दा ‘यत्रो औकात भयो राकेश यादवलाई’ भन्ने अवस्था आएको उल्लेख गर्दै उनले एकातिर मेयरको तयारी गरिरहेको, अर्कोतिर सांसद बन्ने चाहनाप्रति आलोचना खेप्नुपरेको बताए। यद्यपि, उम्मेदवारी सिफारिसका लागि दौडधुप गरे पनि अन्ततः उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ।

Advertisement

यादवले टिकट नपाउनुका कारण आफू दुखी नभएको र संघर्षको बाटोबाट नहट्ने स्पष्ट गर्दै ‘अब टिकट संघर्षको अध्याय समाप्त भएको’ घोषणा गरेका छन्। नेपाली कांग्रेसप्रति आस्था राख्ने सबैलाई एकताबद्ध भएर पार्टी जिताउने अभियानमा लाग्न आग्रह गर्दै उनले आफ्नो संघर्षमा साथ, सहयोग र आशीर्वाद दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

यसअघि भएको स्थानीय तह निर्वाचनमा पनि उनले मेयर उम्मेदवार बन्न पार्टीसँग जोरदार माग गरे पनि उम्मेदवारीबाट बञ्चित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *