Categories समाचार

श्री शंकरलाल केडिया मेमोरियल फुटबल: आज साउथ जोन र मनकामना विजयी

Advertisement

वीरगन्ज । D.A.V. R.B. केडिया स्कुलद्वारा सञ्चालित श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज दुई महत्वपूर्ण खेलहरू सम्पन्न भएका छन्। विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागितासँगै प्रतियोगिता थप रोचक बन्दै गएको छ।

आज सम्पन्न पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले जीवन ज्योति स्कुललाई ३ गोलको अन्तरले पराजित गर्दै विजयी भएको थियो । प्रतिस्पर्धात्मक खेलका बीच उत्कृष्ट प्रदर्शन गरेका साउथ जोनका खेलाडी ज्ञानराज चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए। उनले खेलको नियन्त्रण र गोल अवसर सिर्जनामा महत्वपूर्ण भूमिका खेलेका थिए।

Advertisement

त्यसैगरी, आजै सम्पन्न दोस्रो खेलमा मनकामना स्कुल र मेरिगोलड बीच कडा प्रतिस्पर्धा देखिएको थियो। उच्च गोलसंख्याको रोमाञ्चक खेलमा मनकामना स्कुलले मेरिगोलडलाई ८–६ गोलको अन्तरले पराजित गर्न सफल भयो। उक्त खेलमा मनकामना स्कुलका अमर कुशवाहाले प्रभावशाली प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’को उपाधि हात पारे।

Advertisement

प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, टोली भावना र स्वस्थ प्रतिस्पर्धाको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालय पक्षको भनाइ छ। प्रतियोगितासम्बन्धी थप जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक राकेश मिश्राले आगामी दिनहरूमा अझ रोमाञ्चक खेलहरू हुने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *