Categories समाचार

अदालत धाइँदा–धाइँदै चुनावी मैदानमा रवि लामिछाने: भने, “म अभिमन्यु होइन”

Advertisement

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको माहोल चलिरहँदा पनि आफू अदालत धाइरहनु परेको भन्दै गम्भीर प्रतिक्रिया दिएका छन्। देशभर मनोनयन दर्ताको रौनक चलिरहेका बेला पर्सा, काठमाडौं र रूपन्देहीका अदालतमा एकैदिन आफ्ना मुद्दाको सुनुवाइ भइरहेको उनले बताएका छन्।

लामिछानेले पर्सा जिल्ला अदालतबाट निस्कँदै दिएको अभिव्यक्तिमा भने, “देश निर्वाचनमय छ, तर यो उत्साहमा म पूर्ण रूपमा मिसिन सकिरहेको छैन। आजै तीनवटा अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ।” अन्य अदालतका आदेशहरू पनि आउने क्रममा रहेको उनको भनाइ छ।

Advertisement

चितवन–२ मा शुभचिन्तकहरू बाटो कुरिरहेको उल्लेख गर्दै उनले समय मिलेसम्म आफैं मनोनयन दर्ताका लागि उपस्थित हुने प्रयास भइरहेको बताए। “नसके वारेसमार्फत मनोनयन दर्ता हुनेछ,” उनले भने।

Advertisement

आफूमाथि अन्याय र अत्याचार गरिएको आरोप लगाउँदै लामिछानेले यसको हिसाबकिताब नेपाली जनताले आगामी फागुन २१ गते मतदानमार्फत दिने दाबी गरे। “माथि गरिएको पाप र अत्याचारको जवाफ जनताले घण्टी बजाएर दिनेछन्,” उनले भने।

उनले सहकारीसँग कुनै सम्बन्ध नराखेको व्यक्तिमाथि अनेक मुद्दा थोपरेको आरोप लगाउँदै भने, “नभएको प्रमाण छ भन्दै मुद्दै मुद्दा लगाउने अत्याचारी हौ।” आफूलाई जिउँदो छोडेर एउटा ‘गुण’ लगाएको भन्दै त्यसको मूल्य आफूले बिना प्रतिशोध चाँडै तिर्ने पनि उनले बताए।

अन्त्यमा लामिछानेले भावुक शैलीमा भने, “फेरि पनि भन्छु, म अभिमन्यु होइन,” भन्दै आफू अन्यायका बीच पनि लडिरहने संकेत गरे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *