Categories खेलकुद

श्री शंकरलाल केडिया कपः मुनलाइट र लिटिल फ्लावर सेमिफाइनलमा

Advertisement

वीरगन्ज । डी. ए. भी. आर. बी. केडिया स्कुलद्वारा सञ्चालित श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार पनि दुईवटा खेल सम्पन्न भएका छन्।

आज भएको पहिलो खेलमा मुनलाइट सेकेन्डरी स्कुलले मोडर्न हाई स्कुललाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। उक्त खेलमा मुनलाइट स्कुलका अबुलेश गद्दी उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए।

Advertisement

त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा लिटिल फ्लावर स्कुलले डी. ए. भी. स्कुललाई ६–२ गोल अन्तरले हराएको छ। सो खेलमा लिटिल फ्लावर स्कुलका दीपक यादवले उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि हात पारे।

Advertisement

दुवै खेल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको र यस जितसँगै मुनलाइट सेकेन्डरी स्कुल तथा लिटिल फ्लावर स्कुल प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेका छन्।
प्रतियोगिताबारे जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक राकेश मिश्रले आगामी खेल अझ रोचक हुने विश्वास व्यक्त गर्नुभयो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *