Categories रासस

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

Advertisement

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२|८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् ।

दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचना|भूलसुधार भएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो ।

Advertisement

यसैगरी पाँचवटाले सामग्री स्थगन गरेका, १० वटालाई स्पष्टीकरण सोधिएको, पाँच वटालाई निर्देशन एवं सचेत गराइएको छभने यस अवधिमा एक सञ्चारमाध्यमलाई अवज्ञाकारी|कालोसूचीमा राखी कारबाही गरिएको छ ।

Advertisement

यस्तै, यस अवधिमा ६३२ वटा मिडिया|वेबपोर्टल|सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन भएका छन् । प्रवक्ता बोहराद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “जसमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडिया रहेका छन्, आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन एवं सचेत गराइएको छ । कुनै पनि सम्पर्क नभएका २० वटा गैरमिडियाका सम्बन्धमा अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार भएको छ ।”

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता पालना भए|नभएको विषयमा नियमित अनुगमन गरिरहेकामा निर्वाचन आचारसंहिता लागू भएको परिप्रेक्ष्यमा निर्वाचन आचारसंहिता पालना भए|नभएको विषयमा विशेष अनुगमन प्रक्रिया थालनी गरेको जनाएको छ ।

“निर्वाचनको समयमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोप–प्रत्यारोप, होच्याउने, मिथ्या सूचना, दुष्प्रचार, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरू हुनसक्ने र कुनै राजनीतिक दलका नेताहरूबाट अर्को राजनीतिक दल तथा दलका नेताहरूविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) आउनसक्ने र त्यस्ता सामग्रीहरू सञ्चारमाध्यमलाई प्राप्त हुन सक्ने हुँदा त्यस्ता सामग्रीलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी सदैव सजग हुनुपर्छ”, काउन्सिलले विज्ञप्तिमा भनेको छ ।

यसैगरी पत्रकारिताका मूल्य|मान्यताविपरीत गैरपेसागत आचरण गर्ने, तथ्यगत परीक्षण एवं आधार|प्रमाण बेगर सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना|अफवाह भ्रम फैलाउने, परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमरोड गरी सामग्री प्रकाशन गर्ने, पेसागत आचरणविपरीत एवं गैरकानुनी कार्य भएको हुँदा त्यस्ता कार्य हुन नदिनेतर्फ सजग रहन सञ्चारमाध्यम, आमपत्रकार एवं सञ्चारकर्मीमा आग्रह गरिएको छ । रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *